July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

कोभिड -१९ अनुगमन संयोजक टोली र अन्नपुर्ण मिडिया बीच छलफल

काठमाण्डौँ – नेपाली काँग्रेसले सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोभिड -१९ अनुगमन समिति द्वारा आज अन्नपुर्ण मिडिया नेटवर्कका प्रकाशक क्या. रामेश्वर थापा संग अन्नपुर्ण पोष्टको कार्यालयमा समितिका संयोजक डा.महत नेतृत्वको टोलीले छलफल गरेको छ ।

कोभिड-१९ का कारण संचार गृहहरुमा परेको प्रभाव र समाचार संकलनमा अग्रपंतिमा रहेको काम गरिरहेका पत्रकारहरुको सेवा सुबिधा,समस्या र रोजगार गुमाउन बाध्य पारिएका सम्बन्धमा यथार्थ के हो भन्ने लगाएतका बिषयमा छलफल भएको छ ।

अनुगमन समितिका संयोजक डा महतले सरकार, संचारगृह र पत्रकारहरु समेतले महामारीको विषम परिस्थितिमा सामुहिक दायित्व बहन गर्नुपर्ने र पत्रकार र संचार गृहको समस्या समाधानमा सरकार गम्भिर हुनुपर्ने बिचार राख्नु भयो |

शीर्ष समाचार

धेरै पढिएको