December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

आज प्रधानन्यायाधीशलाई भेट्दै बार कार्यसमिति

काठमाडौं– नेपाल बार एसोसिएसनको कार्यसमितिले आज( आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्दै छ। अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमितिले अहिले ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम तय भएको छ।  

प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएपछि जबराविरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिँदै आएका छन्।

प्रधानन्यायाधीशको राजीनामा मागदेखि अदालत प्रवेशमा रोक लगाउनुपर्ने, अदालतका अन्य न्यायाधीशले बेन्च सेयर गर्न नहुने भन्दै कानून व्यवसायीले दबाब बढाएका छन्।

त्यही सेरोफेरोमा आज बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच छलफल हुने जनाइएको छ। 

शीर्ष समाचार

धेरै पढिएको