December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

जवान हुन नै १५० वर्ष लाग्ने जीव !

पछिल्लो एक अनुसन्धानबाट नयाँ जीव शार्क संसारमा सबैभन्दा बढी बाँच्ने हड्डिदार जीव कहिलिएको छ । जो मानिसको तुलनामा चार गुणा बढी बाँच्न सक्छ । साइन्स मैगका अनुसार आर्कटिकको हिउँ भएको गहिरो स्थानमा पाइने ग्रीनल्याण्ड शार्क सयौं वर्षसम्म बाँच्न सक्ने पत्ता लागेको छ ।

अनुसन्धानमा ग्रीनल्याण्ड शार्क (सोम्निओसस माइक्रोसेफालस) लगभग ४ सय वर्षभन्दा बढीसम्म बाँच्ने पत्ता लागेको हो । यस शार्कलाई विश्वमा सबैभन्दा बढी उमेरसम्म बाँच्न हड्डीवाला जीव मानिएको छ । वैज्ञानिकद्धारा शार्कका आँखामा समावेश प्रोटीनको रेडियोकार्बन डेटिगको माध्यमबाट उमेर पता लगाउने कोसिस गरेका थिए । जसमा शार्कको उमेर ४ सय वर्षभन्दा बढी रहेको पाइएको थियो ।

रोचक त के छ भने यो जीवको वृद्धि दर उमेर अनुसार नै अत्यन्त ढिलो हुन्छ । ग्रीनल्याण्ड शार्क लगभग १५० वर्षको उमेरमा मात्र जवान हुन्छ । र त्यसपछि करिब २५० वर्षसम्म बाँच्न सक्छ ।

स्रोतः जी न्यूज

शीर्ष समाचार

धेरै पढिएको