December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

टोयोटा आतंकवादको प्रतीक कसरी बन्यो?

काठमाडौं-सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमाथि भएको हवाई हमलाको जवाफमा अमेरिकाले आतंकवादी संगठन अलकायदाविरुद्ध युद्ध सुरु गरेको थियो। उक्त युद्ध त्यही वर्ष डिसेम्बर ९ मा अफगानिस्तानको तालिबानी सरकारलाई ढालेपछि मत्थर भएको थियो।

उक्त युद्धकै बीच विश्वलाई नै चकित बनाउने खबर बाहिर आयो। विश्वभरि हुने जवाफी आक्रमणको विश्लेषक मानिने डेभिड किलक्यलैनको ध्यान एउटा ट्याटुमा गयो। एक अफगानी लडाकुको शरीरमा बनेको ट्याटु कुनै पनि रुपमा अफगानिस्तानसँग जोडिएको थिएन।

त्यो ट्याटु क्यानडाको राष्ट्रिय झण्डामा भएको मेपल वृक्षको पातको ट्याटु थियो।

लडाकुको ट्याटुले अच्चमित भएका डेभिड आतंकवादसँग त्यो पातको सम्बन्धबारे खोज्न थाले। उनले मेपलको पातको सम्बन्ध एउटा यस्तो ‘हतियार’सँग पाए, जसप्रति आजसम्म कसैको ध्यान गएको थिएन। त्यो थियो, टोयोटाको पिकअप ट्रक हाइलक्स।

एउटा अन्तरवार्तामा डेभिडले भनेका छन्, ‘अफगानिस्तानमा यो गाडीलाई मानिसले निकै इज्जत दिएका छन्। सुरुवातमा कैयौं धोकेबाज व्यापारीहरुले नक्कली हाइलक्स पिकअप बजारमा ल्याएका थिए। ट्रक छोटो समयमा बजारमा चर्चित भयो, तर खराब प्रदर्शनका कारण लडाकुहरु यसबाट निराश थिए। त्यत्ति नै बेला क्यानडाबाट असली हाइलक्स पिकअप (जापानी कम्पनी टोयोटाद्वारा उत्पादित) अफगानिस्तानमा पुग्यो। यी पिकअपको पछाडि क्यानडाको राष्ट्रिय चिन्ह मेपलको पात अंकित थियो।’

असली हाइलक्सको विश्वसनीयता र शक्तिले अफगान लडाकुलाई यो गाडीको प्रशंसक बनायो। गाडीमा मेपलको पात बनाइएको हुनाले अफगानिस्तानमा यो चिन्हप्रति पनि उच्च सम्मान सिर्जना भयो। यसलाई गुणस्तरको पर्याय मान्न थालियो।

अप्ठ्यारो समयमा पनि हाइलक्स निकै सहयोगी साबित हुँदा तालिबान र अलकायदाका लडाकुहरु यसको प्रशंसक भए। अनि, आफ्नो शरिरमा मेपलको पातजस्तै ट्याटु बनाउन सुरु गरे।

विश्लेषक डेभिडले उक्त अन्तरवार्तामा कसरी क्यानडाबाट आएको पिकअप आतंकवादीको हातमा पुग्यो भन्ने बताएनन्। न टोयोटाले नै कहिल्यै आफ्नो व्यवसायिक विज्ञापन वा कुनै मार्केटिङ अभियानमा आफ्नो उत्पादन कुनै देशमा गुणस्तरको प्रतीक भएको उल्लेख गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको