December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

हेलिकप्टर सहितको उद्दार टोली डिख्लामा, बेपत्ता २३ मध्ये दुईको शव फेला



बझाङमा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ

हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ।

सो टोलीले  घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो।

शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ। अहिले पानी पर्न कम भएकोले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन्।

आइतबार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका –४ डिख्लामा पहिरो खस्दा उनीहरू बेपत्ता थिए।

बेपत्ता हुनेमा एकै परिवारका १८ जना सदस्य र अर्काे परिवारका ५ जना छन्।

यस्तै, मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल र पहिरो जोखिम नभएका घरमा बसेका छन्।

विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको  स्थानीय शिक्षक मदन साउदले बताए।

उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ। बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्।



शीर्ष समाचार

धेरै पढिएको