November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा एमालेको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै रहेको बताएका छन्। 

पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘लडाइँ एमाले र कांग्रेसका बीचमा छ,’ उनले भने । 
सम्बोधनका क्रममा ओलीले अहिलेको सरकार आलोचना र टिप्पणी गर्न पनि लायक नभएको बताए ।  ‘यो सरकारले कसले चलाएको छ, भित्रकाले चलाएका छन् कि बाहिरकाले थाहा छैन,’ उनले भने। 

नेकपा एमालेको विजययात्रालाई अघि बढाउन सशक्त भएर अघि बढ्नुपर्ने ओलीको भनाइ छ। ‘हामी हरेकले आफ्नो काममा सफल हुनैपर्छ,’ उनले भने, ‘असफल हुने कसैलाई पनि छुट छैन। सबैले त्यसै हिसाबले पार्टीमा काम गर्नुपर्छ।’ नेकपा एमालेलाई चाहिएको भनेको सफलता नै रहेको भन्दै सबै नेता कार्यकर्ता आ–आफ्नो ठाउँमा सफल रुपमा योजना बनाएर सक्रियतापूर्वक लाग्नुपर्ने बताए।

शीर्ष समाचार

धेरै पढिएको