December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

काठमाडौंमा अब सार्वजनिक सवारीमा कति भाडा लाग्छ?

सोमबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा हिजोदेखि लागू भएको हो।

मन्त्रालयले गत असोजमै कात्तिक १ गतेदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको थियो। 

मन्त्रालयले काठमाडौं उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ।

जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा न्यूनतम १८ रूपैयाँ भाडा तिर्नुपर्छ।

यो भाडादर ५ किलोमिटरसम्मको दूरीमा लागू हुनेछ। 

त्यस्तै १० किलोमिटरसम्म २३ रूपैयाँ, १५ किलोमिटरसम्म २७ रूपैयाँ, २० किलोमिटरसम्म ३० रूपैयाँ र २० किलोमिटर भन्दामाथि ३५ रूपैयाँ भाडादर कायम गरेको छ।

बागमती प्रदेशमा १३ जिल्ला छन्।

प्रदेश सरकारले उपत्यका बाहिरका हकमा भने साविकको भाडादरमा २३ प्रतिशतले वृद्धि गरेको छ। 

तालिकामा हेर्नुहोस् काठमाडौंमा अब कति दुरी यात्रा गर्दा कति भाडा लाग्छः

दुरीभाडा
५ किलोमिटरसम्म१८ रूपैयाँ
१० किलोमिटरसम्म२३ रूपैयाँ
१५ किलोमिटरसम्म२७ रूपैयाँ
२० किलोमिटरसम्म३० रूपैयाँ
२० किलोमिटरभन्दा माथि३५ रूपैयाँ

शीर्ष समाचार

धेरै पढिएको