December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

माओवादी केन्द्रद्वारा १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन

काठमाडौं– माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ। माओवादी केन्द्रकाे आज बसेकाे केन्द्रीय समिति बैठकले  १४९  सदस्य केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन  गर्ने निर्णय गरेको हो।

यसैगरी, बैठकले २५–२५ सदस्यीय  निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगसमेत गठन गरेको छ। निर्वाचन आयोग विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशलकुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ।

शीर्ष समाचार

धेरै पढिएको