December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

सेती नदीले पार गर्‍यो सतर्कता तह, जनजीवन प्रभावित

काठमाडौं – डोटी जिल्ला सदरमुकाम सिलगढीसहित अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै जनजीवन प्रभावित भएको छ। तीन दिनदेखिको लगातारका बर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ। नदी आसपासका बस्तीमा समेत खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। 

सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए। नदीमा पानी निकै बढेर पुल छोएको छ,’ उनले भने, ‘बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ।’ बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए। उनले भने, ‘बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौं।’ 

पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ। सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताइन्। 

शीर्ष समाचार

धेरै पढिएको