मुलुकका अधिकांश स्थानमा वर्षा, आज र भोलि बाढी पहिरोको जोखिम
काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।
यस्तै कपिलवस्तुको बाणगंगा र आसपासको क्षेत्र तथा नवलपारसीका अधिकांश स्थानमा भारी वर्षा भएकाले सो क्षेत्रको अरूण खोला, गिरूवारी खोला तथा अरू स-साना खोलामा एक्कासी बाढी आउने खतरा भएकाले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।
विज्ञानले आइतबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबारसम्म देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी मंगलबारसम्म कायम रहने विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस्