December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

कुनै सहमति भएको छैन

मंसिरमा महाधिवेशन गर्ने गरी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएको भन्ने कुरामा कुनै सत्यता नभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । शनिबार सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच मंसिरमा महाधिवेशन गर्ने गरी सहमति भएको र त्यसमा साक्षीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राख्न बेलुका पुनः राष्ट्रपति निवासमा दुई अध्यक्ष सहितको छलफल भएको चर्चा थियो । तर अध्यक्ष दाहालको सचिवालयका तर्फबाट शनिबार अबेर कुनै सहमति नभएको प्रष्टीकरण आएको हो । अध्यक्ष दाहालकी छोरी समेत रहेकी सचिवालय प्रमुख गंगा दाहालले शनिबार अबेर सामाजिक संझालमा एक पोष्ट गर्दै पार्टीमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भए पनि अहिले सम्म कुनै सहमति नभएको बताएकी हुन् । उनले जति पनि विषय उठेका छन्, ति सबै छलफलका क्रममा मात्र रहेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेकी छिन् । उनले भनेकी छिन् ‘अध्यक्ष द्धय बीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायत)मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पुर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

अध्यक्षद्धयबीच सहमति भएको चर्चासँगै माधव नेपाल पक्ष भने असन्तुष्ट बनेको थियो । नेपालले सचिवालय बैठकमा नै अध्यक्ष द्धयको ‘चोचोमोचो’ मिल्दैमा सबै विषय नटुंग्ने भन्दै आफु देशभर जागरण अभियानमा जाने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले जारी नेकपा विवाद समाधानका लागि बेला बेला विभिन्न नयाँ नयाँ प्रस्ताव राख्दै आएका छन् । जुन प्रस्तावलाई सचिवालयमा एक अर्का नेतालाई लडाउन ओलीले गरेको षड्यन्त्र मात्र हो भन्ने आरोप इतर पक्षले लगाउँदै आएको छ । यसकाबीच लामो समयदेखी स्थगित स्थायि समिति बैठक आजका लागि तय भएको छ । स्थायि समितिका बहुसंख्यक सदस्यले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजिनामा मागेपछि नेकपा विवाद उत्कर्षमा छ ।

शीर्ष समाचार

धेरै पढिएको