May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयां प्रस्ताव अघि सारेका छन् । शनिवार बसेको पार्टीको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

नेकपाको सचिवालयका बहुमत सदस्यहरु प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछोड्ने बताउंदै आएका छन् ।

प्रधानमन्त्री ओलीको प्रस्तावबारे सचिवालय वैठकमा छलफल भएपनि निर्णय भने भएन् । भोली बस्ने स्थायी समितिको वैठकमा यसबारेमा थप छलफल हुनेछ । नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखित प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।

सचिवालयको वैठकलगत्तै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको