April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

रुकुम पश्चिममा झडपमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

रुकुम – रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत  कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि  सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जङ्ग शाहीले बताउनुभयो ।

तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको