चन्द्रागिरीमा वृक्षारोपण
काठमाण्डौँ – नव कंकाली युवा क्लबको आयोजनामा काठमाडौं स्थित चन्द्रगिरि नगरपालिका १३ मा वृक्षारोपण गरिएको छ । सो वडाको राम मन्दीर र शिव मन्दीर क्षेत्रमा शनिबार चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले वृक्षारोपणको शुभारम्भ गरेका हुन् । बोगटी टोल, दाहाल गाउँ, सिमपानी लगायत क्षेत्रका युवाहरुको सक्रियतामा गठन भएको सो य्ुवा क्लबले त्यस क्षेत्रमा विकास निमार्ण देखी जागरणका अभियानमा समेत सहयोग गर्ने लक्ष्य राखेको छ । सोही क्रममा नगरप्रमुख गिरिले शिवालयको समेत उद्घाटन गरेका छन् ।

सो कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख गिरिले युवाहरुले उठाउने सबै विषयमा नगरले सहयोग गर्ने बताए । उनले सिमित स्रोत साधनकाबीच पनि युवाहरुको चाहना संवोधन गर्दै विकासलाई दु्रत गति दिन आफु लागिपरेको बताए ।

कार्यक्रममा १३ नम्बर वडाका अध्यक्ष बालमुकुन्द विडारीले कलंकी देखी कंकाली डाँडा सम्म संचालन हुने गरी आफुले सात वटा टेम्पो युवा क्लबलाई हस्तान्तरण गर्ने उद्घोष गरे । उनले वडाको विकासका लागि आफुले कुनै कसर बांकी नराख्ने भन्दै अब मनिङवाक हिंड्नेका लागि ठाउँ ठाउँमा खुल्ला जिमको अवधारणा अघि सारेको र सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले थापा चौर क्षेत्रमा विभिन्न खेलहरुको मैदान निमार्णका लागि डिपिआर तयार भएको भन्दै त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
क्लबका अध्यक्ष सागर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राजकुमार बोगटीको विशेष सक्रियता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति सन्तोष दाहाल, नेकपा वडाध्यक्ष दाताराम पनेरु लगायतकाले युवा क्लबले मागेको सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्