ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना
- Khabar Nirantar
- २०७७ श्रावण ३
काठमाडौं – गत आइतबार कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् ।
उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरू गरिएको छ ।
यसअघि गत शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
शीर्ष समाचार
- पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
- ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
- चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री
- म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय
- केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ
प्रतिकृया दिनुहोस्