नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सवा तीन बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आन्तरिक विवाद बढेपछि नेकपाले स्थायी समिति बैठक स्थगित गरेर आज सचिवालय बैठक बोलाएको थियो। स्याथी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय उठेपछि लामो समयदेखि विवाद छ। सहमति खोज्न स्थायी समिति बैठक पटकपटक स्थगित गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि कुनै सहमतिमा पुगेको थिएन।
आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली-प्रचण्डले छलफल गरेका थिए ।
नेकपाभित्रको विवाद हल गर्न शीर्ष नेता आज (शनिबार) बिहानैदेखि छलफलमा सक्रिय भएका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आजै बिहान दुई घण्टासम्म सचिवालयका पाँच सदस्यले छलफल गरेका थिए ।
खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
प्रतिकृया दिनुहोस्