December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

४० किलो चाँदीसहित एक जना पक्राउ

रौतहट –  प्रहरीले रौतहटको गौरबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी छन् ।

काठमाडौंबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान शुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० किलो चाँदी फेला परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको