December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

एमसिसीले प्रायोजित प्रचार चलाउन थाल्यो : भीम रावल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार अभियान चलाउन थालेको बताएका छन्। 

एमसिसीविरुद्ध कडा रूपले प्रतिवाद गर्दै आएका उपाध्यक्ष रावलले ट्वीटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको एमसिसीसँगको सम्झौताको पक्षमा प्रायोजित रूपमा एमसिसीले प्रचार अभियान चलाउने भनी केही दिनअघि संचारमाध्याममा आएको थियो। त्यो सत्य रहेछ।’

एमसिसी नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको उनले दाबी गरेका छन्। 

‘एमसिसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचार जगतमा देखिन थालेका छन्। देशभक्त नेपालीहरू सचेत बनौँ’ उनको भनाइ छ। 

शीर्ष समाचार

धेरै पढिएको