September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

प्रिन्स एसियाकै उत्कृष्ट जुनियर खेलाडी

काठमाडौं – ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको बताएको छ।

एसिया ब्याडमिन्टनले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको लेखेको छ।

ब्याडमिन्टन एसिया हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको छ। जस अन्तरगत यो साता नेपालका प्रिन्सका आलेख सार्वजनिक गरेको हो।

जुनियर लेभलमा प्रिन्स विश्व वरियतामा शीर्ष सातौं स्थानमा रहेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा प्रिन्सले गएको सेप्टेम्बरमा दुवई जुनियर इन्टरनेसनलमा प्रथम भएका थिए। यस्तै उनले नेपालमा र विदेशमा गरि दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन्।

दार्चुलाको खलंगामा जन्मिएका उनले विभिन्न उमेर समुहमा आफुलाई अब्बल सावित गरिसकेका छन् भने राष्ट्रिय च्याम्पियनको लक्ष्यमा रशेका छन्।

शीर्ष समाचार

धेरै पढिएको