March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

च्याम्पियन्स लिग : रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी

 काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिङ्गहम र अर्लिङ हालाण्डले एक/एक गोल गरे । बेलिङ्गहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।

यस्तै राति नै भएको खेलमा रियल मड्रिडले इन्टार मिलानलाई १–० ले, लिभरपुलले एसी मिलानलाई ३–२,पीएसजी र ब्रुगबीचको खेल एक/एक गोलको बराबरी भएको छ । यस्तै म्यानचेस्टर सीटीले जर्मन क्लब आरबी लाइपजिङ्गलाई ६–३, एट्लेटिको मड्रिड र पोर्टोबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

आयाक्सले स्पोर्टिङ सीसीलाई ५–१ गोल अन्तरले हराएको छ ।

शीर्ष समाचार

धेरै पढिएको