तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरको विमति
काबुल- तालिबानको अन्तरिम सरकारमा विभाजन देखिएको छ । तालिबानका वरिष्ठ अधिकारीले बीबीसीसँग यो कुरा बताएका हुन् । ती अधिकारीले बीबीसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र एक जना मन्त्रीबीच झगडा भएको थियो । केही दिनयता मुल्ला बरादर सार्वजनिक रूपमा देखापरेका छैनन् । यसपछि तालिबनभित्र नेतृत्वका विषयमा जारी विवाद सतहमा आएको हो ।
तर तालिबानले आधिकारिक रूपमा यो रिपोर्टलाई अस्वीकार गरेको छ । गत अगस्ट १५ तारिख अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले गत सेप्टेम्बर ७ का दिन आफ्नो अन्तरिम सरकार घोषणा गरेको हो ।
जसको मन्त्रिमण्डलमा सबै सदस्य पुरुष मात्र छन् । साथै शीर्ष स्थानमा त्यस्ता व्यक्ति छन्, जो अफगानिस्तानमा दुई दशकसम्म भएको युद्धका क्रममा अमेरिकी सेनाविरुद्ध आक्रमणका लागि कुख्यात छन् ।
प्रतिकृया दिनुहोस्