July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

सिरहामा पूर्वजनप्रतिनिधिमाथि आक्रमण

जनकपुरधाम – सिरहामा एकजना पूर्वजनप्रतिनिधिमाथि आक्रमण भएको छ । साविकको औरही गाविसका पूर्वअध्यक्ष सुवर्ण यादवमाथि शुक्रबार राति आक्रमण भएको हो ।

हालको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको र छर्रा लागेर सामान्य घाइते भएको परिवारजनले बताएका छन् ।

परिवारका सदस्यहरुले बम आक्रमण भएको भने पनि प्रहरी भने बम पड्किएको जस्तो नदेखिएको बताउँछन् । सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले बम पड्किएको कुनै प्रमाण फेला पर्न नसकेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको