March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

तालिबानको नयाँ नियम : छात्र र छात्रा सँगै बस्न नपाउने

काठमाडौँ -अफगानिस्तानको सत्ता सम्हालेको तालिबानले छात्राहरुका लागि नयाँ नियम बनाएको छ । यसअघि महिलाहरुको अधिकार र समानताका लागि प्रतिबद्धता जनाएको तालिबानले विद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको छ ।

उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँग बस्न नपाउने बताउनु भएको छ । उहाँले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताउनु भएको छ  । यस्तै, उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको छ ।

महिला विद्यार्थीले शरीर पूरै ढाक्ने बुर्का लगाउनु पर्ने छ । यस्तै, पुरुष शिक्षकले पर्दा पछाडि बसेर महिलाहरुलाई पढाउनु पर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ । महिलाहरुलाई सरिया कानुन अनुसार अध्ययनका लागि अनुमति दिने तालिबानले स्पष्ट पारेको छ ।

यसअघि तालिबानले आफ्नो शासनकालमा महिलालाई उच्च शिक्षामा रोक लगाएको थियो । सन् १९९६ देखि २००१ को बीचमा अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला महिलालाई उच्च शिक्षामा तालिबानले रोक लगाएको थियो  भने जागिर गर्न र एक्लै घर बाहिर निस्कन पनि रोक लगाएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको