October 27, 2021, Wednesday
२०७८ कार्तिक १०, बुधबार
KN hd tv

प्रचण्डलाई भेट्दै एमसीसी उपाध्यक्ष फातिमाले भनिन्, ‘दबाब दिन आएका होइनौं’

काठमाडौं- अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ ।

आज (शुक्रबार) बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छिन् । प्रचण्डसँगको भेटमा फातिमाले आफूहरु दवाव दिन आएको बताएकी छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता शुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।

उनले हिजै जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेकी थिइन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दै छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

शीर्ष समाचार

धेरै पढिएको