November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

एमालेले निष्कासन गरेका १४ सांसद उपस्थित भए संसद् चल्न दिइने छैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको छ । 

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरूले हटाइसकेका व्यक्ति सांसद पदमा नरहेको भन्दै गैरसांसदको उपस्थितिमा सदन चल्न नदिइने बताउनुभयो । एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखप्रति आक्रोशित भइरहने ओलीले आजको संसदीय दलको बैठकमा पनि सापकोटाको आलोचना गर्नुभएको थियो । 

माधव नेपालसहितका १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिएकाले आजको बैठकमा उनीहरू उपस्थित हुनै नमिल्ने ओलीको तर्क छ । 

यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्ने ओलीको जिकिर छ । 

शीर्ष समाचार

धेरै पढिएको