September 30, 2022, Friday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

कास्कीमा पहिरोमा परी तिन जनाको मृत्यु

पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।

गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको