November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

एमाले विभाजनविरुद्ध ओलीद्वारा दायर रिटको सुनुवाइ मीरा खड्काको इजलासमा

काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा हालेको मुद्दाको आज (शुक्रबार) प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजनविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश मीरा खड्काको एकल इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

आफ्नो पार्टीबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि एमाले अध्यक्ष ओलीले गत बुधबार सर्वाेच्च अदालतमा मुद्दा हालेका हुन् । निर्वाचन आयोगविरुद्ध दायर रिट निवेदनमा बदनीयतपूर्ण र अनधिकृत व्यक्तिहरूले गरेको हस्ताक्षरलाई मान्यता दिएको दाबी गर्दै अन्तरिम आदेश माग गरिएको छ ।

यस्तै आफूले कारबाही गरेका १४ जना एमाले सांसदलाई पदबाट हटाउने निर्णय नगरेको अभियोग सभामुख अग्नि सापकोटालाई लगाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको