December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने, माधव भन्छन्-२३ गतेसम्म कसैले चुइक्क गर्दैनन्

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नभएको संकेत गरेका छन् । नेकपा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले भदौ २२ सम्म दिएको दल रोज्ने समयसीमा यता मन्त्रिपरिषद् विस्तार नहुने भएको हो । असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएर साउन ३ मा विश्वासको मत लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले ६ सदस्यीय क्याबिनेट चलाइरहेका छन् ।

असार २९ मा नियुक्त चार जना मन्त्री र साउन १० मा नियुक्त एक जना राज्यमन्त्रीबाटै देउवाले देश हाँकिरहेका छन् । यस्तोमा अझै पनि भदौ २३ यता क्याबिनेट विस्तारको सम्भावना टर्दै गएको हो । सत्तारुढ गठबन्धनको सदस्य नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका छन् ।

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्क समेत नगर्ने बताएका हुन् । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन् ।’ बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई भेट गरेपछि नेपालले अझै सातासम्म मन्त्रिपरिषद् विस्तार नहुने बताए ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबण्डामा कुरा मिल्न नसकेको बताइरहेका बेला गठबन्धनका नेताहरु छलफलमा जुटिरहेका छन् । यसअघि दुई पटकसम्म मन्त्रिपरिषद् विस्तारबारे बसेको गठबन्धन बैठकमा नेताहरुबीच ठूलो बजेट भएका र विकासे मन्त्रालयका लागि तानातान भएको थियो ।
‘मेरो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्’
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् । केपी ओली र उनका मान्छेहरुले १० बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नभएको पनि स्पष्ट पारेका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेरअघि बढन सफल हुने दावी समेत गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहो¥याए । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए ।

शीर्ष समाचार

धेरै पढिएको