December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुुईतर्फी नै बन्द

काठमाडौं –  लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।

अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाडौं आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।

हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौं यात्रुु ओहोरदोहोर गर्दछन् । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको