November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेले किन भेटेनन् जसपा अध्यक्ष यादवलाई ?

काठमाण्डु– भारतिय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेको नेपाल भ्रमण सम्पन्न भएको छ । उनले आफ्नो नेपाल भ्रमणको अन्तिम दिन नेकपा एकिकृत (समाजवादी) का प्रमुख माधव कुमार नेपालसंग भेट गरे ।

चौथाईवालेले त्यो भन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी अध्यक्ष पुष्पकमल दाहाल,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता गरेका थिए । उनले दोस्रो पुस्ताका नेताहरु विष्णु पौडेल,वर्षमान पुन,जनार्दन शर्मा, वालकृष्ण खांड,विमलेन्द्र निधीसम्मलाई भेटेका थिए ।

तर,जसपाका अध्यक्ष उपेन्द्र यादव र डा.बाबूराम भट्टराईसंग भने उनले यसपटक भेटेनन् । चौथाईवाले निकट स्रोतकाअनुसार यादवले भेटका लागी आग्रह गरेपनि उनले त्यसलाई अस्विकार गरेका थिए । अरु नेताहरुसंगको भेटमा उनले भाजपाले नेपालका राजनीतिक पार्टीहरु पार्टीगत सम्बन्ध सुमधुर गर्न चाहेको बताएका थिए । तर, संसदको चौथो ठुलो दलका अध्यक्ष यादवसंग नेभेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आखिर यादवसंग किन रिसायो भाजपा ?

पुर्व परराष्ट्रमन्त्री समेत रहेका यादवको भारतसंग उतार चढावको सम्बन्ध छ । उनलाई कतिपयले भारत विरोधी भएको आरोप समेत लगाउने गर्दछन् । तर, यादवको विभिन्न कालखण्डमा भारतसंग सुमधुर सम्बन्ध समेत रहेको देखिन्छ ।

मधेषका चतुर खेलाडी यादवले आफुलाई पर्दा भारतको सहयोग लिने गरेको तर,आफ्नो जस्तो हुंदा भारतको सुझावलाई ग्रहण नगरेको बताइन्छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी विभाजन गर्न अध्यादेश ल्याउंदा यादवले लैनचौरदेखी दिल्लीसम्म सहयोग मागेको स्रोतको दावी छ ।

त्यसलाई रोक्न दिल्लीले भुमिका खेलेको थियो । पार्टी विभाजनको लागी लागेका नेताहरु इस्तियाक राई,प्रदिप यादव,रेणु यादवहरुलाई भारतले नै पार्टी विभाजन नगर्न चर्को दबाव दिएपनि उनिहरु पछि हटेको स्रोत बताउंछ ।

भारतकै मध्यस्थतामा त्यसबेला समाजवादी पार्टी र राजपाबीच एकीकरण भएको थियो । जवकी राजपा अध्यक्ष मण्डलका ६ मध्ये ४ जना अध्यक्ष एकिकरणको पक्षमा थिएनन् ।

भारतिय संस्थापन निकट स्रोतले बताएअनुसार भारत मधेशी दलहरू एक रहुन भन्ने चाहन्छ । त्यतिमात्र होईन व्यक्तिगत स्वार्थले पार्टी नफुटोस र मधेशी दलहरु निर्णायक शक्ति बनोस् भन्ने भारतिय चांहना छ । तर, पछिल्लो समय मधेशी दल समेत विभाजित भएका छन् ।

‘जसपा अध्यक्ष यादवसंग सम्बन्ध बिग्रको सरिता गिरीलाई पार्टीबाट निस्काशन गरेदेखी नै हो । त्यसपछि मधेशको मांग सम्बोधन गर्न तत्कालिन प्रधानमन्त्री ओली तयार रहे पनि त्यसको विरोधमा उपेन्द्र लाग्नुभयो । महन्थ ठाकुरर राजेन्द्र महतो समेतलाई पार्टीबाट निष्कासित गर्ने काम भयो । यो कुरा दिल्लीले सीरियसली लिएको छ । त्यसैले उपेन्द्र बाबूरामसंग सम्बन्ध नराख्ने निष्कर्शमा विजेपी पुगेको हो ।’ चौथाईवाले निकट स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

भारतमै अध्ययन गरेका नेता बाबूराम भट्टराईसंग त चौथाईवालेको व्यक्तिगत सम्बन्ध नै खराव छ । उनिहरुबीच सामाजिक संजालमै भनाभन भएको थियो ।
बाबूरामले आफ्नो ट्विटर र फेसबुकमार्फत हिन्दू धर्म र आस्थामाथि चोट पुग्ने गरि लेख, र स्टेटस लेख्ने गरेको, भारत सरकारको आन्तरिक नीतिहरूको पनि विरोध गरेको भन्दै उनिसंग औपचारिक सम्बन्ध नराख्ने मा भाजपा पुगेको स्रोतको दावी छ ।

शीर्ष समाचार

धेरै पढिएको