September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

मेलम्ची पानीमा बेपत्ताको खोजीमा परिचालित गोताखोरको डुंगा पल्टियो

काठमाडौं – मेलम्चीको पानीले बगाएका चालक खोज्न सिन्धुपाल्चोकमा गएको गोताखोर टाेलीकाे डुंगा पल्टिएको छ ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् ।

नेपाल प्रहरीका ३ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाका अनुसार सबैको अवस्थामा सामान्य छ ।

भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा परेर पछिल्लो एक सातामा १८ जना बेपत्ता छन् ।

शीर्ष समाचार

धेरै पढिएको