November 26, 2022, Saturday
२०७९ मंसिर १०, शनिबार
KN hd tv

सभामुख एमालेको कारबाही रोकेर दाँत टाल्न गए : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी एकपटक सभामुख अग्नि सापकोटामाथि खनिएका छन् ।

एमालेले पार्टीका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस्न रोकेर सभामुख सापकोटा दाँतको शल्यक्रिया गर्न गएको भन्दै ओली उनीमाथि आक्रोशित भएका हुन् । पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी विभाजन रोक्न १४ जनामाथि कारवाही गरिएको बताए ।

‘एमालेले कारवाही गरेको ७ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । सूचना टाँस्न छोडेर हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो । हामीले पार्टी फुट हुनबाट रोक्नका लागि १४ जनालाई कारबाही गरेका थियौं । निस्काशन गरेका भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा व्यक्तित्व बन्न सक्नुभएन ।’

पार्टीले कारवाही गरिसकेपछि सभामुखसँग त्यसलाई विचाराधीन राख्न अधिकार नभएको उनको भनाई थियो ।

शीर्ष समाचार

धेरै पढिएको