सिन्धुपाल्चोकमा पहिरो : पाँच जना बेपत्ता, बेपत्ता हुनेको पहिचान खुल्यो
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परेर ५ जना बेपत्ता भएका छन् ।
पहिरोले ग्याल्जेन शेर्पा र नोर्सङ्ग शेर्पाको घर पुरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले ग्याल्जेन शेर्पाको घर पुरिंदा उहाँका ५ जना परिवार बेपत्ता भएका हुन् ।
उद्धारका लागि प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । पहिरोले फुल्पिङकट्टीको पञ्चकन्या स्कुलमा पनि क्षति गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
प्रतिकृया दिनुहोस्