पूर्वराष्ट्रपति ओबामासहित अर्बपति व्यवसायीको ट्वीटर ह्याक
काठमाण्डौ – अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक गरिएको छ ।
यो बिटक्वाइन स्क्याम ह्याकिङ् हो । ह्याक गरिएका एकाउण्टमा गरिएको पोष्टमा बिटक्वाइनको लागि चन्दा मागेको छ । बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा लेखिएको छ, ‘सबैले मलाई समाजलाई पहिलेकै अवस्थामा ल्याउन भनिरहेका छन् । अब त्यो समय आइसकेको छ, मलाई तपाईं एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’
टेस्लाको ट्विटर एकाउण्टमा गरिएको पोस्टमा पनि बिटक्वाइनमा पठाएको पैसाको दुई गुना गरेर फिर्ता पठाउनेछु भनिएको छ । बिटक्वाइनको लिंकको साथमा ट्वीटमा कोभिड १९ महामारीका कारण आफूले दान दिन खोजेको लेखिएको छ ।
प्रतिकृया दिनुहोस्