December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

साझा उम्मेद्वार तय गर्न पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । १४ महाधिवेशनमा साझा उम्मेद्वार तय गर्न पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

सोमबार बिहानबाट काठमाण्डुको बत्तिसपुतलीस्थित एक होटलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरुबीच छलफल जारी रहेको स्रोतले जानकारी दियो ।

‘महाधिवेशन केन्द्रीत भएर नेताहरु आन्तरिक छलफलमा जुट्नु भएको छ । सहमतिमा साझा उम्मेद्वार तय गर्ने तयारी छ,’ पौडेल पक्षका एक नेताले भने ।

नेपाली कांग्रेसले आगामी भदौ १८ गते वडा महाधिवेशन गर्दैछ । यस्तै मंसिर ९ देखि काठमाण्डुमा केन्द्रीय महाधिवेशन हुँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको