November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको