November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या, क्यान्सरको आशंका

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीको घाँटीमा समस्या देखिएको हाे ।

उनको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । नेता गिरीलाई चिकित्सकहरुले कयान्सरको आशंका गरेको स्रोतले जानकारी दियो ।

उनी गिरी मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित छन् ।  केही वर्षअघि पेटमा क्यान्सर देखिएपछि नेता गिरीको शल्यक्रिया गरिएको थियो । डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले उनको उपचार गरिरहेको छ ।

साथै उनको स्वास्थ्य अवस्थाबारे बुझ्न उपसभापति विमलेन्द्र निधि भारत जाने भएका छन् । केन्द्रीय सदस्य बालकृष्ण पाण्डेसहित उनी भारत जाने भएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको