November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

क–कसले छोडे माधव नेपालको साथ ? (सूचीसहित)

काठमाडौँ – नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म साथ दिएका एमालेका दोस्रो तहका अधिकांश नेताहरुले माधव नेपालको साथ छोडेका छन् ।

नेता नेपालले बुधबार नेकपा एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यले साथ छोडेका हुन् । नेता नेपालले सर्वोच्च अदालतबाट फागुन २३ गते नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका थिए ।

नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा पेस भएको निवेदनमा ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् ।

यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए ।

नेपालले नयाँ पार्टी दर्ता गर्दा पनि उनीसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु भने अझै एमाले एकताको पक्षमा रहेका छन् ।यता नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन नै पेश भइसकेपछि उनीहरुको एकता अभियान भने धरापमा परेको छ ।

यी हुन माधव नेपालको साथ छाड्ने नेताहरु

१. युवराज ज्ञवाली
२. अष्टलक्ष्मी शाक्य
३. भीम रावल
४. घनश्याम भुसाल
५. भीम आचार्य
६. गोकर्ण विष्ट
७. योगेश भट्टराई
८. सुरेन्द्र पाण्डे
९. अमृत बोहोरा
१०.अरुण नेपाल
११.प्रदिप नेपाल
१२.परशुराम मेघी
१३.रघुजी पन्त
१४.श्रीमाया थकाली
१५.जीवन घिमिरे
१६.टंक कार्की
१७.ठाकुर गैरे
१८.ममता गिरी
१९.यज्ञराज सुनुवार
२०.सिता गिरी ओली
२१.नरेश खरेल
२२.झपट रावल
२३.कमलजंग राई दनुवार
२४.गणेश पहाडी
२५.धर्मराज निरौला
२६.प्रकाश साह
२७.माधव अर्याल
२८.रचना खड्का
२९.राजन राई
३०.राजवहादुर बुढा
३१.सुरेन्द्र मानन्धर
३२.कृष्ण खनाल
३३.हरिबहादुर राई
३४.रविन कोईराला
३५.केदार न्यौपाने
३६.सोमप्रसाद पाण्डे
३७.भानुभक्त जोशी

शीर्ष समाचार

धेरै पढिएको