March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

प्रदेश–२ को प्रमुखमा मिश्र नियुक्त, झा पदमुक्त (पत्रसहित)

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मंगलबार प्रदेश–२ का प्रमुख राजेश झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रदेश–२ को प्रमुखमा मिश्रलाई नियुक्त गरिएको जानकारी दिएको छ । ’राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/ ४ /३२ गतेको बैठकको निर्णय एवम् प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयमा प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश–२ का प्रमुख झालाई पदमुक्त गरेकी थिइन् । झाको पदमुक्तबारे राष्ट्रपति कार्यालयका प्रवक्ता पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ /४ /३२ गतेको बैठकको निर्णय एवम् प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको