November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

आज देशैभरी थपिए ३ हजार ९१५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पिसीआर र ६ हजार ८७४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १८ हजार ५८२ नमुना परीक्षणमा ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार बिहीवारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै ७ सयले बढी हो ।

आज काठमाडौंमा ७९९, ललितपुर १२८, भक्तपुर १६२ गरी उपत्यकामा १०८९ जना नयाँ संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या केही घटेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३५ हजार ५१८ जना होम आइसोलेशनमा र ३ हजार २८० जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७३६ जना र भेन्टिलेटरमा १८६ जनाको उपचार भइरहेको छ ।

त्यस्तै शुक्रवार देशैभरी ३ लाख ६७ हजार ३४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ९९ हजार ४६० नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको