December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।  

सरकारले यस घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।  

शीर्ष समाचार

धेरै पढिएको