विप्लव समूहका बोहरालाई विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु
विराटनगर – मंगलबार पक्राउ गरेको विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले बोहरालाई एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुई वटा सीमकार्डलगायत सामाग्रीसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका बोहराले १० स्थानमा आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बोहरा बम बिष्फोट, बम राख्ने र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
बोहरा माथि मोरङको पथरी शनिश्चरे, सुन्दरहैचा नगरपालिकामा बम राखेको आरोप छ । मोरङ पथरी शनिश्चरे नगरपालिका–१ स्थित पूर्व पश्चिम लोकमार्गको १२ चैत २०७४ मा भेटिएको सकेट बम भेटिएको थियो ।
प्रतिकृया दिनुहोस्