December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

बालुवाटारमा सत्तारुढ दलको बैठक, साझा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं, २४ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बैठक चलिरहेको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधामन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

बैठकमा कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ । देउवा नेतृत्वमा सरकार बनेको एक महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । यही कारण गठबन्धनका दल आलोचित भइरहेका छन् ।

साझा कार्यक्रम सार्वजनिक तयार सत्तारुढ दलले गरे पनि मन्त्रिमण्डल विस्तार अझै अनिश्चित छ । कांग्रेस, माओवादी र जसपाले अझै पनि मन्त्री हुने अनुहार छान्न सकेका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको