लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई ठोरीमा रहेको भन्दै अभिव्यक्ति दिएपछि कांग्रेसले सरकारको कर्तव्य तत्कालीन कोरोना र कालापानी भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘अयोध्यातिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं ।’
संसदले हालैमात्र लिम्पयाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन प्रस्ताव पास गरेको थियो ।
अब लिम्पियाधुरासहितका भूभाग फिर्ता ल्याउन राजनीतिक र कूटनीतिक सम्वाद गर्नुपर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको कांग्रेसका नेताहरुले बताए ।
प्रतिकृया दिनुहोस्