मेलम्ची आयोजनाको सुरुङमा २ जना बेपत्ता
- Khabar Nirantar
- २०७७ असार ३०
काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो ।
परीक्षण गर्न अहिले सुरुङमा पानी हालिएको छ । पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये दुई जना सम्पर्कमा आए भने दुई जना अझै बेपत्ता छन् ।
जीवितै उद्धार गरिएका दुई जनाको उपचार गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
शीर्ष समाचार
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
- गगन थापा : नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ
- स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट
- महेश बाबुको फिल्ममा भिलेन बन्दै आमिर खान !
- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान
प्रतिकृया दिनुहोस्