खेल संघबाट ३३ कर्मचारीले दिए राजीनामा
काठमाडौं – नयाँ खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले आफू रहेको खेल संघबाट राजीनामा दिने क्रम सुरु भएको छ ।
राजीनामा दिने क्रममा एकै व्यक्ति राखेप कर्मचारी र अन्य आधा दर्जन खेल संघमा समेत आबद्ध रहेको देखिएको छ ।
सोमबार बेलुकीसम्म राखेपका कर्मचारी रहेका ३३ जनाले ५६ खेल संघमा आबद्ध रहेको विभिन्न ५६ पदबाट राजीनामा दिएका छन् ।
असार १८ देखि कार्यान्वयनमा आएको ऐनले राखेपको कर्मचारी खेलकुद संघमा आबद्ध हुन नपाउने व्यवस्था गरेपछि कर्मचारीहरुले संघको जागिर छाड्न थालेका हुन् । सबैले राखेपकै जागिर रोजेका छन् ।
रष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते खेलकुद विधेयक प्रमाणीकरण गरेकै दिनदेखि राखेपका कर्मचारीहरुले संघबाट राजीनामा दिन थालेका थिए ।
राजीनामा बुझाएकाहरूको नामावली



प्रतिकृया दिनुहोस्