November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

‘माधवजीहरु सरकारमा आउनुहुन्‍न’: प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा सहभागी नहुने बताएका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार प्रचण्डले नेपालपक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका हुन्। ‘माधवजीहरु सरकारमा आउनुहुन्न। उहाँको पक्षका सांसदहरु सरकारमा सहभागी हुन आतुर छन् तर देउवाजीले माधवजीले नभनेसम्म व्यक्तिगत रुपमा आउनेलाई सरकारमा सहभागी नगराउने भन्नुभएको छ। त्यसैले माधवजीको समूह सरकारमा आउने सम्भावना छैन,’ प्रचण्डको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य गणेश साहले भने।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई यही साउन २० गतेभित्र पूर्णता दिएरै छाड्नुपर्ने प्रचण्डले बताए। ‘अब २० गतेभित्र सरकारलाई पूर्णता दिनुपर्छ नभए सरकार बनाउन सकेनन्, सरकारले काम गर्न सकेन भनेर अनेक टिकाटिप्पणी आउँछ। त्यसैले पनि सरकारलाई छिट्टै पूर्णता दिनुपर्छ,’ प्रचण्डले भने। 

प्रचण्डले प्रधानमन्त्री देउवालाई भेट्न आज अपराह्न ४ बजेको समय लिएको बैठकमा जानकारी गराएका थिए। देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने बुझिएको छ।

शीर्ष समाचार

धेरै पढिएको