December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ३,८९९ संक्रमित, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा आज ३,८९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,६६५ पिसीआर र ४०६३ ऐन्टिजेन गरी १७ हजार ५१८ वटा नमुना परीक्षणमा ३,८९९ जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ । सोमबारको तुलनामा आज संक्रमित हुनेको संख्या झण्डै २०० ले बढी हो ।

काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १२३ गरी उपत्यकामा आज उपत्यकामा ७६५ नयाँ संक्रमित थपिएका छन् । सोमबारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या घटेको हो । आज काठमाडौंमा संक्रमित हुनेको संख्या सोमवारको तुलनामा २०० ले कमी हो ।

नेपालमा हालसम्म ३५ लाख ६३ हजार ९७८ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ९९ हजार ६२४ गरी ६३ लाख ६०२ नमुना परीक्षणमा हालसम्म ७ लाख ४२ हजार ९०१ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १७७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १७७८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७५८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २८ हजार ८३६ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २५ हजार ९३८ र संस्थागत आइसोलेशनमा २,८९८ जना रहेका छन् ।

त्यस्तै हाल देशैभरीका अस्पतालका आइसीयुमा ६११ जना र भेन्टिलेटरमा १७१ जना उपचाररत रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको