September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
KN hd tv

मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार देउवाले मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्‌लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌ । देउवाले ​२९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए । त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रचण्डले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएको स्रोतको दाबी छ ।

शीर्ष समाचार

धेरै पढिएको