२४ घण्टामा २ हजार २३७ कोरोना संक्रमित थपिए, १८ को मृत्यु
- Khabar Nirantar
- २०७८ श्रावण १०
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी जम्मा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५० जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
शीर्ष समाचार
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
- एमालेको ‘मध्यपहाडी लाेकमार्ग संकल्प यात्रा’ शुरु (तस्वीरहरु)
प्रतिकृया दिनुहोस्